काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग पुनः वार्ता गर्ने हुनुभएको छ ।
प्रधानमन्त्री कार्कीले आगामी माघ २ गते संयोजक प्रसाईंसँग द्विपक्षीय वार्ता गर्ने प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले वार्ताको समय तोकिएको जानकारीसहित प्रसाईलाई पत्राचार गर्नुभएको हो ।
संयोजक प्रसाईले आगामी फागुन १ गतेदेखि आन्दोलन गर्ने घोषणा गरिसक्नुभएको छ । यसअघि अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग उहाँले तीन पटक वार्ता गरिसक्नुभएको थियो ।
संयोजक प्रसाईले हिन्दु धर्म, सङ्घीयता तथा राजतन्त्रका विषयमा जनमत संग्रह गरिनुपर्ने माग अघि सार्दै आउनुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया