काठमाडौँ । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेडको सातौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। सोमबार काठमाडौँमा आयोजित साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। साथै कम्पनीको भावी कार्यदिशा, बीमा क्षेत्रको मानव संशाधन विकास, तालिम तथा दक्षता अभिवृद्धि सम्बन्धी योजनाबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा बीमा क्षेत्रका विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक, शेयरधनी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा इन्स्टिच्युटले हालसम्म सञ्चालन गर्दै आएका बीमा तालिम, परीक्षा प्रणाली, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सर्टिफिकेसन कोर्स तथा डिजिटल प्रणालीको विकासले बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरियो।


सभाका सहभागी वक्ताहरूले बीमा क्षेत्रको दिगो विकासका लागि इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको भूमिका अझ प्रभावकारी बन्दै गएको बताएका छन्। आगामी दिनमा बीमा क्षेत्रको आवश्यकता
अनुसार नयाँ तालिम अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई विस्तार गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
कार्यक्रमको अन्त्यमा बीमा क्षेत्रको विकासमा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मानसमेत गरिएको थियो।
,


फेसबुकबाट तपाईको प्रतिक्रिया