काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पद तथा गोपनियताको शपथ लिनुभएको छ।
उहाँहरूले नेकपाका जेष्ठ सदस्य नन्दकुमार प्रसाईंको उपस्थितिमा शपथ लिनुभएको हो।
तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू एकतामा आएर नेपाली कम्युनिस्ट पार्टी गठन भएको हो। नवगठित पार्टीका केन्द्रीय सदस्यहरूले आजै पद तथा गोपनियताको शपथ लिँदैछन्।
शपथ ग्रहणपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई परिचयपत्रसमेत हस्तान्तरण गर्नुभएको छ।
अब संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले अन्य केन्द्रीय सदस्यहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ। पार्टीले २ हजार ४ सय ९९ केन्द्रीय सदस्यलाई शपथ गराउने तयारी गरेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया