कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक

222 Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७५, गोलभेँडा सानो (टनेल) १००, गोलभेँडा सानो (भारतीय) ९०, गोलभेँडा सानो (तराई) १०० तथा हरियो प्याज प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ । यस्तै, गाजर (लोकल) ७०, गाजर (तराई) ६०, बन्दा (लोकल) ६०, बन्दा (तराई) ५०, बन्दा (नरिवल) ५५, काउली (स्थानीय) १००, काउली (तराई) ८०, सेतो मूला (लोकल) २० र सेतो मूला (हाइब्रिड) २५ रुपैयाँ प्रतिकिलो तोकिएको छ ।

त्यसैगरी भन्टा लाम्चो प्रतिकिलो ८०, भन्टा डल्लो ९०, मकै बोडी ५०, मटरकोसा ८०, घिउ सिमी (लोकल) १५०, घिउ सिमी (हाइब्रिड) १२०, घिउ सिमी (राजमा) १००, टाटे सिमी १००, लौका ८०, पाकेको फर्सी ४०, हरियो फर्सी (लाम्चो) ५० र हरियो फर्सी (डल्लो) ५५ रुपैयाँ कायम गरिएको छ ।

समितिका अनुसार भिन्डी प्रतिकिलो १३०, सखरखण्ड ८०, पिँडालु ९०, बकुला १००, च्याउ (कन्य) १८०, च्याउ (डल्ले) ४५०, ब्रोकाउली १२०, रातो बन्दा २००, गाँठकोभी ८०, कागती १०० र नेपाली सुन्तला प्रतिकिलो १४५ रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, अदुवा ९०, हरियो खुर्सानी १२०, हरियो खुर्सानी (बुलेट) १२०, हरियो खुर्सानी (अकबरे) ६००, हरियो खुर्सानी (माछे) ११०, भेडे खुर्सानी ८०, हरियो लसुन ८०, हरियो धनियाँ १००, सुकेको लसुन (चाइनिज) ३२०, सुकेको लसुन (नेपाली) २२० तथा ताजा माछा (रहु) प्रतिकिलो ३४० रुपैयाँ तोकिएको समितिले जनाएको छ ।