एमाले केन्द्रीयहरू फागुन २१ को निर्वाचन तयारीमा छलफलमा जुटे

167 Shares

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय नेताहरू फागुन २१ गते हुने निर्वाचनको तयारीका लागि रणनीति निर्माणमा जुटेका छन् ।

केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन काठमाडौँ आएका केन्द्रीय सदस्यहरूले आ–आफ्नो प्रदेशस्तरीय बैठक गर्दै चुनावी रणनीति तय गर्न थालेका हुन् । ती बैठकहरूमा उम्मेदवार चयन, संगठन परिचालन तथा प्रचार–प्रसारका विषयमा छलफल भइरहेको बताइएको छ ।