काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ।
आयोगका अनुसार आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गरिनेछ। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीसम्बन्धी प्रगतिबारे आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ।
आचारसंहितामा निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले गर्न पाउने र नपाउने गतिविधि, राजनीतिक दल तथा सरोकारवालाको भूमिका स्पष्ट रूपमा उल्लेख गरिएको आयोगले जनाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन तयारी, निर्वाचन सामग्रीको छपाइ, जनशक्ति व्यवस्थापनलगायत विषयमा शुक्रबार प्रधानमन्त्रीलाई जानकारी गराएका हुन्।
आयोगले आचारसंहिताको कडाइका साथ कार्यान्वयनका लागि सरकार तथा सरोकारवाला निकायको सक्रिय भूमिका अपरिहार्य रहेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया