177
Shares
काठमाडौं । हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले चुनाव लड्ने औपचारिक घोषणा गर्दै भने, ‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।’
भदौ २३ र २४ को जेनजी आन्दोलनमा सहभागी रहेका गुरुङ केही समयअघि गोरखा गएर आफ्नो जन्म गाउँ चुमनुब्रीमा स्थानीयहरूसँग भेटे र नागरिकता छानबिनका लागि निवेदन दिएका थिए।
उनी जेनजी आन्दोलनपछि सरकार गठन र हालै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह तथा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङबीच भएको राजनीतिक एकतामा पनि संलग्न देखिएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया