निर्वाचन आयोगले कांग्रेस विवाद नजिकबाट हेरिरहेको जनाएको छ

164 Shares

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई नजिकबाट अनुगमन गरिरहेको बताएको छ।

शुक्रबार प्रेस ब्रिफिङमा आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले पत्रकारको प्रश्नको जवाफ दिँदै भन्नुभयो, “कांग्रेस विवाद दलभित्रको आन्तरिक विषय हो। आयोग त्यसमा प्रवेश नगर्ने भएकाले अहिले केही भन्दैन, तथापि नजिकबाट हेरिरहेको हुन्छ।”

नेपाली कांग्रेसभित्र नियमित र विशेष महाधिवेशनको विवाद उत्कर्षमा पुगेको छ। कार्यसम्पादन समितिले बैशाकमा नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ भने विशेष महाधिवेशन आह्वानकर्ताहरूले पुस २७ र २८ गते बैठक आयोजना गर्ने योजना बनाएका छन्।

प्रवक्ता भट्टराईले यो विवाद आन्तरिक लोकतन्त्रको विषय भएको र आयोगले औपचारिक धारणा अहिलेसम्म सार्वजनिक नगरेको समेत जानकारी दिनुभयो।