युवा मन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने

180 Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका नजाने भएका छन्।

माघ ३ गते अमेरिकामा आयोजना हुने भनिएको ‘एनआरएनए युथ इन द डेभलपमेन्ट अफ पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रममा सहभागी हुने चर्चा भए पनि मन्त्री सचिवालयले भ्रमण तय नभएको स्पष्ट पारेको छ।

सचिवालयका अनुसार समय तालिका नमिल्नु र भिसा प्रक्रिया सुरु नहुने कारण भ्रमण सम्भव नभएको हो। मन्त्रिपरिषदबाट अनुमति ढिलो प्राप्त हुनुपर्ने र तयारी नपुगेका कारण यसलाई भ्रमण रद्द नभई “तय नै नभएको कार्यक्रम” रूपमा बुझ्नुपर्ने जनाएको छ।