निर्वाचनमा सुरक्षा चासो नलिन निर्वाचन आयोगको सुझाव

163 Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न जान कुनै संकोच नमान्न सबैलाई आग्रह गरेको छ।

शुक्रबार आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो, “सुरक्षाको कारणले निर्वाचनमा होमिन डराउनु वा मतदान गर्न जान संकोच गर्नु आवश्यक छैन। सुरक्षा निकायको नेतृत्वमा सम्बन्धित मन्त्रालय र आयोगको सहजीकरणमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउन कार्य भइरहेको छ।”

प्रवक्ता भट्टराईले निर्वाचनमा बदर मत घटाउनका लागि आवश्यक रणनीति तय गरी अघि बढ्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो।