प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइ तीव्र

191 Shares

काठमाडौं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम तीव्र रूपमा भइरहेको छ। जनक शिक्षा सामग्री केन्द्रमा हाल मतपत्र छपाइ कार्य जारी रहेको छ।

जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचनका लागि नमुना मतपत्र छपाइ सुरु गरिएको हो। निर्वाचन आयोगका अनुसार यस चरणमा करिब १० लाख नमुना मतपत्र छपाइ गरिनेछ।

यसैगरी, जनक शिक्षाका अनुसार समानुपातिक तर्फका लागि करिब २ करोड ८ लाख मतपत्र छपाइ गरिने तयारी गरिएको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत ६४ वटा राजनीतिक दलले बन्दसूची बुझाएका छन्। तीमध्ये १० वटा दलले एकल निर्वाचन चिह्नबाट चुनाव लड्ने भएका छन्।

यस कारण समानुपातिकतर्फको मतपत्रमा कुल ५८ वटा निर्वाचन चिह्न रहने आयोगले जनाएको छ