काठमाडाैं। अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको नेतृत्वमा हुने दिगो आर्थिक वृद्धि नै नेपालको समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ।
काठमाडौंमा बिहीबार आयोजित ‘व्यापार तथा लगानी डायग्नोस्टिक्स’ सम्बन्धी छलफलमा बोल्दै उहाँले नेपालको आर्थिक भविष्यका लागि युरोपेली संघ (ईयू) सँगको व्यापारिक र लगानी सम्बन्धलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिनुभयो। मन्त्री सिन्हाले नेपाल–ईयू बीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक साझेदारीमा बदल्नुपर्ने धारणा राख्दै, नेपाली र युरोपेली व्यावसायिक समुदायलाई एकै ठाउँमा ल्याएर लगानीकर्ताबीचको सम्बन्ध सुदृढ गर्नुपर्ने र व्यापारिक गाँठो फुकाउनु आजको आवश्यकता रहेको बताउनुभयो।
उहाँले नेपालको विकासको भिजन निजी क्षेत्रले नेतृत्व गरेको दिगो आर्थिक वृद्धिमा आधारित हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्रमले नेपाल र युरोपेली संघबीचको व्यापारिक सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन र वैदेशिक लगानी भित्र्याउन आवश्यक नीतिगत सुधारका बारेमा ठोस दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया