174
Shares
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको पार्टी एकतापछि संरक्षक रहनुभएका नेता उपसभापति पदमा चयन भइसकेका छन्।
यस्तै, खेलकुदमन्त्री गुप्ता पनि रास्वपा र उज्यालो नेपालको एकता प्रक्रियामा सहभागी भएकाले उहाँलाई पनि पदबाट राजीनामा दिन आग्रह गरिएको हो। त्यस्तै, सञ्चारमन्त्री जगदीश खरेल समेत रास्वपाबाट आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेको सूचनाका आधारमा प्रधानमन्त्री सुशीला कार्कीले मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको जनाइएको छ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि नागरिक सरकारको रूपमा सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गरिएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया