काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको छ। राष्ट्रियसभा निर्वाचनसम्बन्धी छलफल गर्न बोलाइएको बैठक केहीबेर चलेर फेरि बस्नेगरी स्थगित गरिएको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिनुभयो।
बैठक स्थगित हुनुको कारण केही विषयहरूमा सहमति बन्न बाँकी रहेको बताइएको छ। राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेलको अन्तिम तयारी भइरहेको छ।
सोमबारको बैठकपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखक एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न भक्तपुरको गुण्डु पुगेका थिए।
त्यसअघि आइतबार एमाले महासचिव शंकर पोखरेलले कांग्रेस कार्यवाहक सभापति खड्का र लेखकसँग कुराकानी गरेका थिए। आइतबार नै एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (‘प्रचण्ड’) बीच पनि संवाद भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया