भीमफेदीमा जिप दुर्घटना: ९ जना घाइते

170 Shares

काठमाडौं। हेटौंडा–मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा आइतबार साँझ जिप दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको टाटासुमो जिप सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको हो।

जिपमा सवार ९ मध्ये ६ पुरुष, १ महिला, १ बालिका र १ बालक घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ भने बालक र बालिकाको अवस्था मध्यम रहेको छ।

इलाका प्रहरी कार्यालय भीमफेदीले घटनास्थलबाट सबै घाइतेलाई उद्दार गरी हेटौंडातर्फ उपचारका लागि पठाएको छ।