महामन्त्रीद्वय थापा र शर्माले संस्थापन पक्षका २५ जना नेतासँग भने पार्टी विभाजनतिर लाग्दैनाैं

146 Shares

काठमाडौं । नेपाली कांग्रेसमा निर्वाचन अघि नै महाधिवेशनको पक्षमा खुलेका संस्थापन पक्षका २५ जना केन्द्रीय सदस्यले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेट गरेका छन्।

महाधिवेशनको विवादले पार्टी विभाजनतर्फ अघि बढेकाले सहमतिकै निकास निकाल्न आग्रह गर्दै आफूहरूले संयुक्त रूपमा भेटेको केन्द्रीय सदस्य डिला संग्रौलाले बतारउनुभएकाे हाे। सभापति शेरबहादुर देउवालाई भेटे लगत्तै महामन्त्रीहरूलाई भेटेकाे र सहमतिमै पार्टीभित्रको विवाद समाधान गर्नुपर्छ भनेर कुरा राखेका उहाँकाे भनाइ छ। साेही करसालाई उनीहरू निकासको लागि सकारात्मक भएकाे उहाँले बताउनुभयाे।

 

नेतृ संग्रौलाले महामन्त्रीहरूले पनि आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै त्यो बाटोमा नलाग्ने सन्देश दिएको समेत बताउनुभयाे।