राष्ट्रिय झण्डा सबै नेपालीलाई जोड्ने प्रतीक : मन्त्री खरेल

142 Shares

काठमाडाैं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै नेपालीलाई जोड्न सक्ने एकताको प्रतीक राष्ट्रिय झण्डा रहेको बताएका छन्।

बिहीबार काठमाडाैंमा राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री खरेलले राष्ट्रिय झण्डाप्रति सम्मान र गरिमाबोध सबैमा हुनुपर्नेमा जोड दिनुभयो। उनले देशको पहिचान जोगाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

मन्त्री खरेलले पोशाक दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने पहलमा आफू निरन्तर लागिपर्ने पनि स्पष्ट पार्नुभयो।