जेनजी आन्दोलनका घटनालाई अलग ढंगले विश्लेषण गर्नुपर्छ : पूर्वगृहमन्त्री रमेश लेखक

184 Shares

काठमाडौं । जेनजी आन्दोलनको क्रममा गत भदौ २३ र २४ गते भएका घटनालाई अलग–अलग ढंगले विश्लेषण गर्नुपर्ने पूर्वगृहमन्त्री रमेश लेखकले बताउनुभएको छ।

सोमबार जाँचबुझ आयोगलाई दिएको लिखित बयानमा पूर्वगृहमन्त्री लेखकले जेनजी आन्दोलन मूलतः जायज भए पनि त्यसमा घुसपैठ भएपछि संसद भवन जलाउन खोज्ने प्रयास हुँदा दुःखद घटना भएको उल्लेख गर्नुभएको छ। उहाँले उक्त घटनाको नैतिक जिम्मेवारी लिँदै आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको कुरा पनि स्मरण गराउनुभयो।

पूर्वगृहमन्त्री लेखकले भदौ २४ गते भएका घटनालाई आपराधिक विध्वंस र नियोजित षड्यन्त्रको रूपमा व्याख्या गर्नुभएको छ।