205
Shares
काठमाडौं। हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङले सत्य कहिल्यै नडराउने बताउनुभएको छ।
आइतबार छानबिन आयोगमा उपस्थित भएपछि उहाँले सोही साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफूहरूमाथि लगाइएका आरोपको सत्य–तथ्य प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको उल्लेख गर्नुभयो।
गुरुङले संस्था नेपालसँग आबद्ध रहेका आर्थिक कारोबारसम्बन्धी हालसम्मका सम्पूर्ण कागजातसहित छानबिन आयोगमा उपस्थित भएको बताउनुभएको छ।
उहाँले आरोपभन्दा प्रमाण बोल्नुपर्नेमा जोड दिँदै आफूले आवश्यक प्रमाणहरू आयोगसमक्ष प्रस्तुत गरिसकेको पनि स्पष्ट पार्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया