आगामी निर्वाचनका लागि आचारसंहिता स्वीकृत

223 Shares

काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ।

आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभएकाे हाे। आचार संहितामा दल वा उम्मेदवारले चुनाव प्रचार प्रसारका क्रममा जुलुस, आमसभा, कोणसभा, घरदैलो, भेटघाट र जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा मात्र प्रयोग गर्न सकिने आयाेगले जनाएकाे छ।

 

साथै निर्वाचनमा कुनै पनि धर्मको नाममा प्रचार प्रसार गर्न आचारसंहिताले रोक लगाएको हाे।