काठमाडाैं । अभिनेत्री मनिषा कोइरालाले राजनीतिमा वास्तविक विकल्प अनुहार परिवर्तनमा होइन, सोच, दृष्टि र मूल्यमा हुनुपर्ने टिप्पणी गरेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच सातबुँदे सहमति सार्वजनिक भएपछि कोइरालाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकी हुन्।
फेसबुकमा उनले लेखेकी छन्, “जब सोच र तरिका पुरानै रहन्छन्, तब विकल्पहरू पनि पुनर्चक्रित जस्ता लाग्छन्। विकल्प अनुहारमा होइन, दृष्टि र मूल्यमा हो।”
उक्त सातबुँदे सहमतिमा जेन–जी युवाले भ्रष्टाचार र कुशासनविरुद्ध सञ्चालन गरेको आन्दोलनको अपनत्व लिने, घाइते तथा सहिद परिवारका मागलाई यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता गरिएको उल्लेख छ।
सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने सहमति भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया