काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागारबाट रिहा भएलगत्तै पार्टीको जिम्मेवारीमा फर्किने भएका छन्।
कार्यवाहक सभापति डिपी अर्यालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि सभापति लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी दिएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सभापति लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गर्दै रास्वपा विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति सदैव प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा सभापति लामिछानेमाथि लगाइएका मुद्दाहरू हाल यथावत् रहे पनि ती मुद्दा तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको शृङ्खलाको हिस्सा भएको स्पष्ट भइसकेको उल्लेख गरिएको छ। पार्टीले वर्तमान नागरिक सरकारले आवश्यक कदम चाल्दै यस्तो राजनीतिक प्रतिशोधको शृङ्खलालाई पूर्णविराम दिने विश्वास व्यक्त गरेको छ।
साथै, राजनीतिक प्रतिशोधविरुद्ध एकजुट भएर निरन्तर खबरदारी गर्ने देश–विदेशमा रहेका सम्पूर्ण न्यायप्रेमी नेपालीहरू तथा विभिन्न अभियानमार्फत न्यायका पक्षमा उभिने पार्टी सदस्य, समर्थक र शुभेच्छुकहरूप्रति रास्वपाले आभार व्यक्त गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया