203
Shares
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन्।
करिब ३० वर्षीया ती युवतीले बिहीबार अदालत परिसरमै किटनाशक विषादी सेवन गरेको प्रहरी स्रोतले जनाएको छ। घटनापछि प्रहरीले उद्धार गरी उनलाई उपचारका लागि पाटन अस्पताल पठाएको थियो।
कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी रहेको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि युवतीले आत्महत्याको प्रयास गरेको स्रोतले जनाएको छ। यसअघि काठमाडौं जिल्ला अदालतले पनि धरौटीमा छाड्न आदेश दिएपछि उनी पाटन पुगेकी थिइन्। उच्च अदालत पाटनले समेत धरौटीमा रिहा गर्न आदेश दिएपछि उक्त घटना भएको बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया