काठमाडौं । एसीसी यू–१९ एसिया कप: शुक्रबार दुई सेमिफाइनल खेल दुबईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको सेमिफाइनल चरणका दुई खेल शुक्रबार हुने भएका छन्। पहिलो सेमिफाइनलमा श्रीलंकाले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनलमा बंगलादेश र पाकिस्तान आमनेसामने हुनेछन्। दुवै खेल शुक्रबार बिहान पौने १० बजेदेखि एकै समयमा सुरु हुनेछन्।
भारत समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने श्रीलंका समूह ‘बी’को उपविजेता हो। त्यस्तै, पाकिस्तान समूह ‘ए’को उपविजेता र बंगलादेश समूह ‘बी’को विजेता बनेको छ। प्रतियोगितामा भारत र बंगलादेश अहिलेसम्म अपराजित छन्।
सेमिफाइनलका विजेता टिमहरूले आइतबार हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आठ टोली सहभागी प्रतियोगिताको समूह चरणबाट यूएई, अफगानिस्तान, नेपाल र मलेसिया बाहिरिसकेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया