एमाले नेतृत्वमाथि आक्रमण गरे कार्की नेतृत्वको सरकार ढाल्ने अध्यक्ष ओलीको चेतावनी

186 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि आक्रमण भए देश ठप्प पार्ने चेतावनी दिएका छन् ।

काठमाडौंमा बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूको पद तथा गोपनीयताको शपथग्रहणपछि आयोजित कार्यक्रममा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन् ।

उनले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने प्रयासलाई पञ्चायतकालीन कुकर्मको निरन्तरता भन्दै त्यसविरुद्ध संघर्षका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष ओलीले आन्दोलन आवश्यक परे देशभरबाट तयारी अवस्थामा रहन समेत आह्वान गरे ।

यस क्रममा उनले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने अभिव्यक्ति दिँदै त्यसका लागि संगठनलाई सक्रिय बनाउन निर्देशन दिएको उल्लेख गरिएको छ ।

एमाले नेतृत्वमाथि जाइलाग्नु संसारकै सबैभन्दा महँगो पर्ने चेतावनी दिँदै अध्यक्ष ओलीले सरकारलाई गम्भीर हुन समेत आग्रह गरेका छन् ।