रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

217 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत बुटवलले आदेश दिएको छ ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार अदालतले लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ जमानत बुझाउने सर्तमा थुनामुक्त गर्न आदेश दिएको हो । साथै, बिगो बापत थप १ करोड रुपैयाँ धरौटी राख्न पनि अदालतले निर्देशन दिएको छ ।

न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा लामिछानेको मुद्दामाथि सुनुवाइ भएको थियो । सुनुवाइका क्रममा उनले बिगो बराबरको रकम बुझाएर थुनाबाहिर बस्न पाउनुपर्ने मागसहित निवेदन दर्ता गराएका थिए ।

अदालतको आदेशअनुसार तोकिएको जमानत र धरौटी रकम बुझाएपछि लामिछाने थुनामुक्त हुनेछन् ।1-ravi.jpg2-ravi.jpg