जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने प्रधानमन्त्री कार्कीकाे तयारी

202 Shares

काठमाडाैं । सरकारले जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित पदाधिकारीहरूसँगको भेटमा आयोगको समयावधि थप गरिने जानकारी दिनुभएको हो। आयोगको मागअनुसार प्रधानमन्त्री कार्कीले म्याद थप्न सहमति जनाएको अध्यक्ष कार्कीले बताउनुभयो।

अध्यक्ष कार्कीले आयोगको काम अझै नसकिएको उल्लेख गर्दै एक महिना म्याद थपका लागि प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो। सोही अनुरोधअनुसार आयोगको म्याद थप्न प्रधानमन्त्री सकारात्मक देखिनुभएको उहाँको भनाइ छ।

आयोगको हालको म्याद यही पुस ९ गते समाप्त हुँदैछ। कार्यादेशअनुसार बाँकी काम पूरा गर्न थप समय आवश्यक भएकाले प्रधानमन्त्रीसँग यस विषयमा छलफल गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो।