जेनजी आन्दोलनमा भएको आगजनी र लुटपाट इतिहासकै दुःखद घटनाः पूर्वराष्ट्रपति भण्डारी

212 Shares

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोड इतिहासकै दुःखद घटना भएको बताएकी छन् । आइतबार सिंहदरबारको वस्तुस्थिति अवलोकन गरेपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।  उनले गत भदौ २४ गते सरकारी भवनहरूमा तोडफोड, आगजनी र लुटपाट हुनु दुःखको कुरा भएको बताइन् । सिंहदरबारको स्थिति हेर्दा दुःख लागेको पनि उनले बताइन् । उनले सरकारले चाँडै उक्त भवनहरूको पुनः निर्माण गरी पुरानै अवस्थामा ल्याउने विश्वास आफ्नो रहेको पनि बताइन् । उनले तोडफोड, आगजनी, लुटपाट नेपाली जनताका लागि दुःखद घटना भएको बताउँदै यस्तो घटना नेपालको इतिहासमा कहिल्यै नभएको र भविष्यमा पनि हुन नहुने बताइन् ।