राष्ट्रपतिद्वारा ललितपुर महानगरपालिकाको प्रशासनिक भवन उद्घाटन

172 Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुर महानगरपालिकाको प्रशासनिक भवनको समुद्घाटन गरेका छन् । आज बिहान उनले सो भवनको उद्घाटन गरेका हुन् ।  कार्यक्रममा ललितपुरका विभिन्न जनप्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो । नयाँ भवन अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी रहेको बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउन सक्ने विकास आजको आवश्यकता भएको बताएका छन् । राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन को शनिवार यहाँ उद्घाटन गर्दै सो धारणा व्यक्त गरेका छन् । उनले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको युगिन अभिभारा पूरा गर्ने युवा पुस्ताको चाहनालाई पुरा गर्न तथा देशको वर्तमान परिस्थितिलाई निकास दिन आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन पनि आव्हान गरेका छन् ।