हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश

188 Shares

काठमाण्डौ । मकवानपुरको हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । पूर्वसांसद विन्दवासिनी कंसाकारले यही मङ्सिर १६ गते दायर गर्नुभएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरी आउँदो २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । यो अवधिसम्म भत्काउनेसम्बन्धी कुनै पनि गतिविधि र सूचना कार्यान्वयन नगरि यथास्थितिमा राख्न आदेश भएको हो । सडक डिभिजन कार्यालय हेटौँडाले हेटौँडा बजार क्षेत्रका घरटहरा भत्काउने तयारी गरेपछि कंसाकारले सर्वोच्चमा रिट दायर गरेकोे थिए ।