क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा

179 Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीको ग्याजेटहरू बरामद गरी अनुसन्धान सुरु गरेको छ । उच्च स्रोतका अनुसार, बुधबार बिहान अख्तियारको टोली अधिकारीको निवासमै पुगेर उनलाई पक्राउ गरेको हो । त्यसक्रममा उनको मोबाइल फोन, अरू उपकरण र ल्यापटप समेत बरामद गरेको हो ।फोन लगायतका केही उपकरणहरू दिन अधिकारीले केहीबेर अवरोध गर्ने प्रयास समेत गरेको स्रोतले बतायो । तर, अख्तियारबाट खटिएको प्रहरीले तत्काल उनको फोन र त्यसपछि अरू सामग्री नियन्त्रणमा लिएको हो । ती उपकरणहरू अख्तियारले आफ्नै ‘डिजिटल फरेन्सिक ल्याब’ ९डीएफएल० मा परीक्षण गरेर अनुसन्धान गर्छ । बुधबार नै अख्तियारले अधिकारीलाई मुद्दा सहित विशेष अदालतमा पेस गरेको थियो । विशेष अदालतले ‘समय अभाव भएको’ भन्दै उनलाई अख्तियारकै हिरासतमा रहने गरी जिम्मा लगाएर फर्काएको थियो । शुक्रबारदेखि अधिकारी र प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीको विशेष अदालतमा बयान चलिरहेको छ । नलिञ्चोक हेलिपोर्ट र पोखरा अन्तराष्ट्रिय विमानस्थलको भ्रष्टाचार बाहेक विशेष अदालतले सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको भवन निर्माण लगायतका उजुरीमाथि अनुसन्धान गरिरहेको छ । त्यसबाहेक अधिकारीहरूको बैंकखाता र कारोबारमाथि पनि अनुसन्धान चलेको छ ।