एमाले महाधिवेशनको रौनकः पार्टी मुख्यालयमा नेता कार्यकर्ताको चहलपहल बढ्यो

182 Shares

काठमाडौँ । नेकपा एमाले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको मिति नजिकिएसँगै पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरूको चहलपहल बढेको छ। आगामी मङ्सिर २७ गतेदेखि सुरु हुने एमाले महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल ले उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। अध्यक्ष पदमा ओली र पोखरेलबिच प्रतिस्पर्धा हुने निश्चित भएसँगै पार्टीभित्रका अन्य नेताहरू पनि खुल्ने क्रम जारी छ। नेता तथा कार्यकर्ताहरू आ–आफ्नो उम्मेदवारको पक्षमा खुल्न थालेपछि पार्टी कार्यालयमा चुनावी माहौल तातेको छ ।