चितवनलाई ५३ रनले हराउँदै काठमान्डुको तेस्रो जीत

198 Shares

काठमाण्डौ – नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ । एनपीएलमा काठमान्डुको यो तेस्रो जीत हो ।काठमान्डुले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर २ बलमा ८९ रन बनाउँदै सबै विकेट गुमायो । चितवनका देव खनाल र रवि बोपाराले समान २१ रन बनाए । काठमान्डुका राशिद खानले ३ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमान्डुले १९ ओभर ४ बलमा १ सय ४२ रन बनाउँदा सबै विकेट गुमायो । काठमान्डुका जोन सिम्पसोनले ६० रन बनाए । चितवनका सोहेल तनभिरले ४ विकेट लिए । यो जीतसँगै काठमान्डु ५ खेलमा ६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चितवन ४ खेलमा ४ अङ्कसहित चौथो स्थानमा छ । एनपीएलको दोस्रो स्थानमा आजै दिउँसो ४ बजे दोस्रो स्थानको विराटनगर किङ्ग्स र पाँचौं स्थानको कर्णाली याक्स खेल्दैछन् । विराटनगरले चार खेलमा ६ अङ्क र कर्णालीले तीन खेलमा २ अङ्क जोडेको छ । एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ ।