विघटित एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीलगायत नेताहरु एमालेमा फर्किए

215 Shares

काठमाडौं । विघटित नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ लगायतका नेताहरु नेकपा (एमाले)मा फर्किएका छन् । सोमवार नेकपा (एमाले)ले आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभामार्फत नेतृ झाँक्री र श्रेष्ठ लगायतका नेताहरु एमालेमा फर्किएका हुन् । २०७८ सालमा  एमाले विभाजन हुँदा उनीहरु नेकपा (एकीकृत समाजवादी)तिर लागेका थिए । कात्तिक १९ गते एकीकृत समाजवादी माओवादीलगायतका पार्टीहरुसँग एकतामा जाँदा उनीहरुले विरोध गरेका थिए । घर फर्क अभियान घोषणा सभामा एमाले अध्यक्ष ओलीले एमालेको चुनाव चिन्ह सूर्य तथा  उनीहरुले कलम चिन्ह अध्यक्ष ओलीलाई प्रदान गरे ।