जिफन्ट उपाध्यक्ष गौतमलाई शहीद घोषणा गर्न माग

282 Shares

काठमाडौं । रएमालेसंवद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले श्रमिक नेता कमल गौतमलाई शहीद घोषणा गर्न माग गरेका छन् । जिफन्टको आयोजनामा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो माग गरेका हुन् । जिफन्टका उपाध्यक्ष समेत रहुनुभएका गौतमको भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षको उमेरमा गत बिहीवार निधन भएको थियो । श्रमिकको पक्षमा निरन्तर आवाज उठाउनुहुने गौतम श्रमिकहरुको लागि महान शहीद भएको अध्यक्ष श्रेष्ठले बताएका छन् । उनले श्रमिकहरुको अधिकारको लागि आफूहरुको आन्दोलन जारी रहेको पनि बताएका छन् ।