काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय समितिको आकस्मिक बैठक जारी छ।
विभिन्न ऐजेण्डाहरूमा छलफल गर्नका लागि नेपाल ल क्याम्पसमा अहिले बैठक जारी छ ।
बैठकमा हालै सम्पन्न जेनजी आन्दोलनका भावना र मर्मलाई संस्थागत गर्ने विषयमा विस्तृत छलफल भइरहेको छ।साथै, भदौ २३ र २४ गतेका घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक कारबाही, मातृ पार्टी तथा भातृ संघ–संगठनहरूको पुनर्संरचना, स्थायी शान्ति, सद्भाव, राष्ट्रिय एकता र मेलमिलाप प्रवर्द्धन लगायतका विषयमा गम्भीर विचार–विमर्श भइरहेको नेविसंघ स्रोतले जनाएको छ।
बैठकका ऐजेण्डाहरू
१.जेनजी आन्दोलनको भावना र मर्म संस्थागत गर्ने सम्बन्धमा
२. भाद्र २३ र २४ गतेका घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक कारबाही सम्बन्धमा
३.मातृ पार्टी तथा भातृ संघ–संगठनहरूको पुनर्संरचना सम्बन्धमा
४. स्थायी शान्ति, सद्भाव, राष्ट्रिय एकता र मेलमिलाप प्रवर्द्धन सम्बन्धमा
५. विविध विषयहरू
बैठकमा केन्द्रीय सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको छ र आजकै बैठकबाट केही महत्वपूर्ण नीतिगत निर्णयहरू सार्वजनिक गरिने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया