काठमाण्डौ । काठमाडौंलाई पूर्वी जिल्ला जोड्ने बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।
१४ दिनपछि शुक्रबार पहिलो पटक सञ्चालनमा आएको बीपी राजमार्ग फेरि पहिरो खसेपछि अवरुद्ध भएको थियो ।
पहिरो हटाएपछि बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको भत्किएको स्थानमा एकतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ । कतै एकतर्फी तथा कतै दुईतर्फी हुने गरी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
बाढीपहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको बीपी राजमार्गमा काभ्रको रोशी गाउँपालिका–९ मङ्गलटारमा डाइभर्सन बनाएसँगै यातायात चल्न थालेका हुन् ।
बाढीपहिरोले नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको झन्डै दुई सय मिटर सडक पनि अस्थायी रूपमा एकतर्फी खुलाइएको छ ।
सो सडकखण्ड गत वर्षको १२ असोजमा आएको बाढीले पनि बगाएको थियो । तर, एक वर्षसम्म पनि सामान्य डाइभर्सन तयार गर्नेबोहक पुनर्निर्माणका अन्य काम हुन नसक्दा साताअघिको बाढीले पुरानै ठाउँमा क्षति गरेको हो ।
सडकको अवस्था भने अझै जोखिमपूर्ण रहेकाले यात्रामा सावधानी अपनाउन आग्रह गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया