मुग्लिन-नागढुंगा सडक खण्डमा सवारीसाधनको लामो जाम

258 Shares

काठमाण्डौ । मुग्लिन-नागढुंगा सडक खण्डमा सवारीसाधनको लामो जाम लागेको छ ।

फिस्लिङ नजिकै खसेको पहिरोका कारण सडकमा सवारीसाधनको लामो जाम लागेको हो ।

देशका विभिन्न स्थानबाट दशैं मनाएर काठमाडौं फर्किनेको चाप उच्च छ । सोही कारण मुग्लिन-नागढुंगा सडकमा सवारीसाधनको चाप पनि बढेको छ ।

फिस्लिङ नजिकै खसेको पहिरो केहीबेर अघि पन्छाएसँगै सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

पहिरो हटाउने क्रम जारी रहेकोले सडक एकतर्फी सञ्चालन गरिएको र पूर्णरूपमा पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सञ्चालन गरिने प्रहरीको भनाइ छ ।