351
Shares
काठमाण्डौ । सुनको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ ।
आज सुनको भाउ तोलाको दुई लाख ३३ हजार रुपैयाँ नाघेको छ ।
हिजोको भाउमा तोलाको दुई हजार पाँच सय रुपैयाँले बढेर आज सुनको भाउ तोलाको दुई लाख ३३ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ दुई लाख ३० हजार ६ सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ ।
आज चाँदीको भाउ तोलाको ३० रुपैयाँले बढेर दुई हजार नौ सय ६० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ दुई हजार नौ सय ३० रुपैयाँ थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया