सात वटै प्रदेशमा १ सय २५ का दरले प्रहरी गुल्महरुबाट प्रहरी परिचालन

356 Shares

काठमाडौं,१९ । नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि देशभर २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरिएको जनाएको छ ।
आईतवार बिहान सिंहदरबारमा अहिलेको अवस्थाबारे जानकारी दिनुहुँदै नेपाल प्रहरकिा प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले यस्तो जानकारी दिएका हुन् । विपद् व्यवस्थापन कार्यालयहरु,मातहतको गुल्महरु र प्रहरी कार्यालयहरुबाट यो संख्यामा जनशक्ति परिचालित रहेको बताएका छन् । कोशी प्रदेशमा हाल पनि अवस्थालाई मध्यनजर गरी संयुक्त रुपमा परिचालित भइरहेको बताएका छन् । काठमाडौंमा मात्रै शनिवार १ सय ३० जना प्रहरी परिचालन भएको र १५—१५ जनाको टोलीले ¥याफ्टिङ बोटहरुसहित काठमाडौंको लागि मात्रै केन्द्रित गरेर काम गरेको जानकारी दिए । विपद् व्यवस्थापन कार्यालय मातहतकै विभिन्न सात प्रदेशमा रहेको प्रदेश प्रहरी गुल्महरुमा पनि १ सय २५ को दरले स्ट्याण्डबाइ रहेर मौसम प्रतिकुलताको समयमा परिचालन भइरहेको छ । उनले इलाममा गएको पहिरोमा पुरिएका, बेपत्ता भएका मानिसहरुको खोजतलास जारी रहेको पनि बताएका छन् ।