विपद् व्यवस्थापन र उद्धारका लागि तयारी अवस्थामा रहन मन्त्री घिसिङको निर्देशन

339 Shares

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आफूसँग भएका सामग्रीहरुका साथ विपद् व्यवस्थापन र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

शनिवार, आईतवार अत्याधिक वर्षा हुने पूर्वानुमान रहेकाले आफू सुरक्षित रहँदै सडकमा काम गर्ने कर्मचारीहरु तयारी अवस्थामा रहन आग्रह गरेका हुन । 

कार्यालयमा गएर बस्ने नभइ सडकको अवस्था बुझ्ने, सहयोग गर्ने र आफूहरुसँग भएका उद्धारका सामग्रीहरु तयारी अवस्थामा राख्न जरुरी रहेको बताए । 

दुई दिन ढिला भएर केही नबिग्रिने भन्दै उनले शतर्क रहेर मात्रै यात्रा गर्न आह्वान गरे । शनिवारदेखि आईतवारसम्मको अवस्था गम्भीर रहेको बताए । 

मन्त्री घिसिङले खोला किनारका बस्तीहरुमा गृह मन्त्रालयसँग कुराकानी गरेर शतर्कता अपनाउन आग्रह गरेको गरे ।

शनिवार राति धेरै बाढी आउने भएकाले सुरक्षित स्थानमा बस्न आग्रह गरे । खोला किनारका सडकबाट सवारी साधन नचलाउन पनि आग्रह गरे ।