269
Shares
काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
बडादशैँको अवसरमा सोमबार शुभकामना दिँदै उनले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले तोकिएको मितिमा प्रतिनिधिसभाको चुनाव गराउने प्रतिबद्धता जनाएकी हुन्।
प्रधानमन्त्री कार्कीले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताइन् । स्वदेश तथा विदेशमा रहेका सबै नेपाली भाषीहरूमा सुख शान्तिको कामना गरेकी छन् ।
यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीले यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया