पहिरोका कारण अबरुद्ध मुग्लिङ–नारायणगढ सडक दुबैतर्फ संचालनमा

353 Shares

काठमाण्डौ । मुग्लिङ–नारायणगढ सडकमा बिहान पहिरो खसेर सडक अबरुद्ध भएकोमा अहिले दुबैतर्फ संचालनमा रहेको छ ।

बिहान सात बजेतिर सानो पहिरो खसेकोमा केही समयमै पन्छाएर सडक संचालन गरेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयले लेन अनुशासन पालना गरी सुरक्षित साथ यात्रा गर्न अनुरोध गरेको छ ।

कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका ४ र मकालु गाउँपालिका ३ मा सडक अबरुद्ध छ । अरु सबैजसो राजमार्ग संचालनमा रहेपनि बर्षा भइरहेकोले हिलो हुने तथा सामान्य अबरोध हुने क्रम चलिरहेकै छ । 

दशैंको आवतजावतलाई ख्याल गरेर सरकारले देशका धेरैजसो राजमार्गको अबरोध हटाएको छ । सडक विभागले उपकरणहरु तयारी अबस्थामा राखेर पन्छाउने काम गरिरहेको जनाएको छ । तर लगातार बर्षा भइरहेकोले बाटोको अबस्था बुझेर सुरक्षितसाथ यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । 

यस्तै कतिपय चालकहरुले नसुतीकनै लामो समय सवारी गुडाइरहेको पाइएकोले त्यसो नगर्न यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले आग्रह गरेका छन् ।