254
Shares
काठमाण्डौ । एशिया कप टी–२० क्रिकेटको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दैछन् ।
यो खेल नेपाली समयानुसार दुबईमा बेलुकी सवा आठ बजे शुरू हुनेछ । भारत सुपर–४ को शीर्ष स्थानमा र पाकिस्तान दोश्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।
भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दुई पटक खेल भएको छ ।
दुवै खेलमा भारत विजयी भएको छ । भारत र पाकिस्तान एशिया कप इतिहासमा पहिलो पटक फाइनल खेल्न लागेका हुन् ।
एशिया कपमा यसअघि भारत र पाकिस्तान खेलेका थिएनन् । भारतले आठ पटक एशिया कपको उपाधि जितेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया