काठमाडौं । नेता महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै उक्त कुरा आफ्नो पार्टीले सफल हुन नदिने दाबी गरेका छन् ।
शनिबार भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदनप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य सकेत रहेका नेता महेश बस्नेतले यस्तो दाबी गरेका हुन् ।
उनले सावधान र यो धर्तीमा नेकपा एमा र काग्रेस रहेको दाबी पनि गरेका छन् ।
उनले संविधान जलाउन नदिने पनि बताएका छन् ।
उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको खेल सफल हुन नदिने समेत जिकिर गरेका छन् ।
साथै, उनले प्रधानमन्त्रीबाट अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिइसकेपछि सिंहदरबार, संसद्, सर्वोच्च अदालत लगायतका भवनहरूमा आगजनी भएको भन्दै देशलाई एम्बुसमा पार्न खोजिएको आरोप लगाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया