काठमाण्डौ । अखिल नेपाल फूटबल संघ ९एन्फा०ले नवीन न्यौपानेलाई राष्ट्रिय महिला फूटबल टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ ।
एन्फाका महासचिव किरण राईले बिहीबार न्यौपानेलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको पत्र जानकारी दिएका हुन् ।
एन्फाका अनुसार न्यौपाने सन् २०२६ मा आयोजना हुने साफ महिला च्याम्पियनसिप राष्ट्रिय महिला टोलीको प्रमुख प्रशिक्षकको भूमिकामा रहने छन् ।
न्यौपानेले एएफसी यू–२३ एसियन कप छनोटमा पनि नेपाली यू–२३ टोलीको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
यसैगरी, एन्फाले भगवती खत्री र राजकुमार केसीलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
टोलीको व्यवस्थापकमा बिन्द्रा देवान, फिजियोथेरापिस्टमा शिला गिरी र किट व्यवस्थापकमा विकास गुरुङलाई निरन्तरता दिइएको छ
फेसबुकबाट तपाईको प्रतिक्रिया