काठमाण्डौ । बेलायतले हालै प्यालेष्टाइनलाई आधिकारिक रूपमै राज्यको मान्यता दिएको छ । बेलायतबाहेक क्यानडा र अस्ट्रेलियाले पनि प्यालेष्टाइनलाई राज्यको मान्यता दिएका छन् ।
.
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो निर्णयको जवाफ दिने भनेर बताइरहेकै बेला बेलायती विदेश मन्त्री युभ्ट्टे कपूरले बेलायतले प्यालेष्टाइनलाई राज्यको मान्यता दिएको प्रतिकारमा वेष्ट बैंकका हिस्साहरूलाई नअलग्याउन इजरायललाई चेतावनी दिएकी छिन् ।
सोमबार न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको सम्मेलनमा भाग लिनुअघि बीबीसीसँग बोल्ने क्रममा कपूरले सो चेतावनी दिएकी हुन् । सम्मेलनमा फ्रान्ससमेत अन्य केही युरोपेली देशहरूले पनि यस्तै कदमको घोषणा गर्दैछन् ।
आइतबार बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले प्यालेष्टाइनलाई राज्यको रूपमा मान्यता दिएका थिए । सो कदमको आलोचना गर्दै नेतन्याहुले यो आतङ्कवादका लागि निकै ठुलो सम्मान हुने बताएका थिए । आफूले इजरायली समकक्षीलाई वेष्ट बैंककलाई नटुक्र्याउन चेतावनी दिएको पनि कपूरले भनिन् । आफूहरूले इजरायल र प्यालेष्टिनीहरूको सुरक्षाका सम्मान गर्न सबैभन्दा उत्तम उपायका रूपमा यी कदमहरू चालिरहेको पनि कपूरले बताइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया