सञ्चारमन्त्रीमा ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल नियुक्त

277 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त गरेको छ । 

बैठकले उहाँलाई सञ्चारमन्त्रीमा नियुक्त गरेको हो । 

प्रमुख खरेलले सञ्चार माध्यममा २५ वर्ष भन्दा लामो समयसम्म काम गरेको लामो अनुभव समेत रहेको छ ।

उहाँले ईमेज टेलिभिजनमा समाचार वाचनका साथै हटसीट कार्यक्रम समेत चलाउदै आउनुभएको छ। 

नवनियुक्त सञ्चारमन्त्री खरेललाई सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुहुने भएको हो ।