काँग्रेसको केन्द्रिय कार्य सम्पादन समिति बैठक जारी

324 Shares

नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ ।

शुक्रवार मध्यान्हबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक शुरु भएको हो । 

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । 

पार्टी कार्यालय जेन जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि क्षतिग्रस्त छ । 

आन्दोलनपछि पहिलो पटक पार्टीको केन्द्रिय कार्य समितिको बैठक सानेपामा बसेको हो ।