नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जेन जी आन्दोलनको आक्रोशको ज्वाला आगोमा परिणत हुँदा देश ध्वस्त भएको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले देश नै रोइरहेको भन्दै अब शोकलाई शक्तिमा परिणत गर्नुपर्ने बताए । नयाँ युवा पुस्ताका मागहरु भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने त्यो माग नाजायज नभएको बताए । सरकारले पनि क्रमशः भ्रष्टाचारमुक्त नेपाल बनाउने भनेर योजनावद्ध ढंगले लागेको जिकिर गरे ।
आन्दोलनको मागलाई अबको दिनमा सम्बोधन गर्नुपर्ने बताए । जेन जी पुस्तालाई कस्तो दृष्टिकोणले हेर्ने भन्नेमा सबै राजनीतिक दलहरु स्पष्ट हुन जरुरी रहेको बताए । नेकपा एमालेलाई पुनःगठन गर्दै नयाँ ढंगबाट लोकतान्त्रिक व्यवहारका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ । शोकलाई अब शक्तिमा बदलेर अघि बढ्न जरुरी रहेको बताए ।
उपाध्यक्ष शाक्यले अफ्ठ्यारो परिस्थितिमा पनि मनोबल कमजोर बनाउन नहुने बताए । मनोबल दह्रो बनाएर अघि बढ्दै देश विकासमा लाग्नुपर्ने उनको भनाइ छ । (२४ से)
फेसबुकबाट तपाईको प्रतिक्रिया